आन्तरिक पर्यटकको रोजाइमा भुल्के(भिडियो सहित)

धनकुटा । खोलाको बगर, एकान्त, फाटिलो क्षेत्र, पानीको ठुलो मुल, मुलवाट बगेको पानीवाट बनेको पोखरी पोखरीमा पौडी खेल्नेहरुको भिडभाड । यो पाख्रिबास नगरपालिका वडा नम्बर ८ र १० को सिमा क्षेत्रमा रहेको भुल्केका पछिल्लो समयको परिचय हो ।

केहि बर्ष अघि सम्म गुमनाम यो स्थान अहिले भने स्थानिय तथा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । ठुलो मुल बाट पानी निस्किएर बनेको पोखरीमा धनकुटा सहित बिभिन्न स्थानवाट पौडी खेल्न तथा पिकनिक खान धेरै मानिसहरु पुग्ने गरेको छन् । पाख्रिवासवाट तथा हिलेवाट उत्तरपानी हुदै भुल्के सम्म पुग्ने कच्ची सडक निर्माण भएपछि सो स्थानमा आन्तरीक पर्यटकको चाप बढ्न थालेको हो ।

पाख्रिवास नगरपालीकाले प्रदेश सरकारको सहयोगमा सो क्षेत्रमा थप पुर्बाधार समेत निर्माण गरेको छ । करीब एक करोडको लागतमा पैदल मार्ग, शिव मन्दिर, दशवटा धारा सौचालय लगायत निर्माण गरीएको छ । कच्ची सडक निर्माण पछि यो सुन्दर स्थानले आकर्षण गरेको बिराटनगरवाट घुम्न आउनु भएका संजय वाबु शर्मा बताउनु हुन्छ । “शान्त छ, सुन्दर, स्वस्छ पानी, पोखरी धाराहरु यहाँको बेग्लै आनन्द छ तयसैले यहाँ आइरहन मन लाग्छ” शर्मा भन्नु हुन्छ ।

स्थानिय मणि राई पनि धेरै जसो समय भुल्के पुगीरहनु हुन्छ । बाहिर वाट घुम्न आएका साथीभाइहरुलाई उहाँले सो स्थानमा लिएर जाने गर्नु भएको छ । यो स्थान अन्य स्थान भन्दा फरक छ भएकाले यहाँ साथीभाइ लिएर रमाइलो गर्न जाने गरेको राई बताउनु हुन्छ ।

भुल्केको पानीले पर्यटक आकर्षित मात्र गरेको छैन । बर्षौ अघि देखि सो क्षेत्रका स्थानियको लागी बरदान साबित हुदै आएको छ । त्यहाँवाट निस्किएको पानी मुगाखोला हुदै अरुण नदिमा सम्म पुगेर मिसिन्छ । तर त्यो बिचमा हजारौ हेक्टर क्षेत्रफल खेतलाई सिञ्चीत गर्छ । जसको कारण कृषकले दुइवाली धान तथा अन्य फसल उत्पादन गर्दै आएका छन् ।

तर पछिल्लो समय भुल्केको पानी पाख्रिवास बजारमा खानेपानीको रुपमा बितरण गर्ने योजना बनेपछि भुल्केवासी चिन्तीत छन् । भुल्केको पानी पाख्रिवास लगे यो क्षेत्रको कृषि योग्य जमिन बाझिनुको साथै भर्खरै फस्टाउदै गरेको पर्यटन क्षेत्र गुम्न सक्ने स्थानिय बिजय राई वताउनु हुन्छ । “यो हाम्रो जिवन हो हाम्रो सबै कुराको आधार हो यो पानी पाख्रिवास लगे यहाँको सबै कुरा गुम्छ हाम्रो रोजीरोटी खोसिन्छ धेरैको गाँस काटिन्छ त्यसैले यो निर्णय पुनबिचार गर्नु पर्छ” राई भन्नु हुन्छ ।

पानी बिवादका कारण रोजिरोटी संगै भर्खर बस्दै गरेको पर्यटनको आधारमै मासिने अर्को स्थानिय कृष्ण कुमारी राई बताउनु हुन्छ । “यो क्षेत्रमा पानीकै कारण भर्खरै मात्रै पर्यटकको पाइला पर्नथालेको छ । पानीनै ताने पछि पर्यटक के गर्न आउछन् उ यहाँ त्यसैले पाने पानीको बिकल्प खोजीनु पर्छ” राई भन्नु हुन्छ ।

सो क्षेत्रको पानीले तीन सय ६५ घरपरिवारको जिबिकोपार्जन हुदै आएको छ । भुल्केको पानी नगरपालिकाले लगे पाख्रिबास नगरपालिका ८ र १० का सुनबालुवा, कात्तिके, काभ्रे, चुङमाङ, मालबासे र सहिदभूमी गाउँपालिकाको खोकुटारको करिब २५ सय रोपनी खेतीमा हुने दुइ बालि धान, एक बाली गहँु उत्पादन बन्द हुने स्थानियको भनाई छ । त्यस्तै पर्यटकिय चहलपहलले स्थानियमा थप आर्थिकउपार्जनको पाटो थपिएको स्थानियको बुझाइ छ ।

हेर्नुहोस् भिडियोमा-

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖