रेडियो धनकुटा एफएमले मनायो १७ औं स्थापना दिवस
धनकुटा । धनकुटाकै पहिलो सामुदायिक रेडियो, रेडियो धनकुटा एफएमले आज आफ्नो १७ओैं स्थापना दिवस भव्यताका साथ मनाएकाे छ ।
रेडियाे व्यवस्थापन समितीका अध्यक्ष गाेपाल बराईलीकाे अध्यक्षता तथा काेशी प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुलीकाे प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमकाे वीच उस्ले अग्रज पत्रकार,रेडियाेमा उत्कृष्ठ काम गर्ने कर्मचारी,विज्ञापन दाता,रेडियाेकाे संस्थापक अध्यक्ष लगायतलाई सम्मान गर्दै स्थापना दिवस मनाएकाे हाे ।
रेडियाेले आफ्नाे स्थापना दिवसकाे अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठलाई सम्मान गरेकाे छ । उहाँलाई दाेसल्ला ओढाई सम्मान पत्र प्रदान गरि रेडियाेले सम्मान गरेकाे हाे ।
त्यस्तै साेहि रेडियाेमा कार्यरत कर्मचारी सन्जिता लिम्बुलाई सम्मान गरिएकाे छ । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य पराजुलीले सञ्चार माध्यमहरुले सुचना प्रवाह नगरे मुलुकले थालनी गरेकाे समृदिकाे यात्रा द्रुत गतिमा अघि बढन नसक्ने बताउनु भयाे । सूचना सम्प्रेषणकाे काम आफैमा महत्वपूर्ण रहेकाे भन्दै उहाँले सञ्चार माध्यमहरुकाे समस्या समाधानका लागि आफुहरु ले सहयाेग गर्ने उल्लेख गर्नु भयाे ।
त्यस्तैगरि जिल्ला समन्वय समिती धनकुटाका प्रमुख निरेन तामाङले वि सं २०६२/६३ काे जनआन्दाेलनकाे समयमा सञ्चार माध्यमहरुले खेलेकाे भुमीकाकाे स्मरण गर्दै हाल सञ्चार माध्यमहरुमा देखिएका समस्या समाधानका लागि तिनै तहका सरकारले साेच्नु पर्ने धारणा राख्नु भयाे । पछिल्लाे समय सञ्चार माध्यम तथा सञ्चार क्षेत्रमा देखिएका कमीकम्जाेरी केलाएर समस्या समाधानकाे सम्भावना खाेजि गर्नु पर्ने बताउनु भयाे ।
सागुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले समानुपातिक विज्ञापन प्रणाली तर्फ सम्बन्धित सबैले ध्यान दिएर अघि बढे याे विषयमा आफुहरु सकरात्मक र प्रतिवद्व रहेकाे बताउनु भयाे ।
कार्यक्रममा छथरजाेपाटी गाउपालिका उपाध्यक्ष गिता खेवा गुरुङ,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास सहित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनीधिले शुभकामना मन्तव्य राखेका थिए ।




