श्रीलंकामा पुरुषोत्तमलाई चेस क्याण्डिडेड मास्टर टाइटल

काठमाडौ,५ चैत । नेपाल द्वितीय पुरुषोत्तम सिलवालले श्रीलंकामा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे क्याण्डिडेड मास्टरको टाइटल उपाधि आफ्नो नाम गराएका छन्। 

       आफ्नै खर्चमा श्रीलंका पुगेका १७ वर्षे युवा पुरुषोत्तम सिलवालले उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धा मार्फत ४.५ अंक जोडेर सिएम टाइटल प्राप्त गर्न सफल भएका छन्।
            
वोर्ल्ड चेस फेडेरेशन (फिडे) र एशियन चेस फेडेरेशन (एसिएफ) को तत्त्वावधान एवं श्रीलंका चेस फेडेरेशनको आयोजनामा सम्पन्न एशियन जोनल ३.२ चेस प्रतियोगिता मध्यम स्तरको खेल पस्केका छन्। 
    
आयोजक राष्ट्र श्रीलंका सहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानका खेलाडी बिच प्रतिस्पर्धा भएको एशियन जोनल ३.२ जोनल कोलम्बो स्थित फ्याकल्टि अफ ग्राजुएट स्टडिज युनिभर्सिटीको हलमा ११ मार्च देखि १८ मार्च सम्म सञ्चालन भएको छ। 
          

२५ औं नेपाल च्याम्पियन तथा १० औं महिला नेपाल च्याम्पियनको हैसियतमा एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीलाई हवाई टिकट सहित अन्य सम्पूर्ण खर्च उपलब्ध गराउदै नेपाल बुद्धिचाल महासंघले सहभागी गराएका थिए । 

        स्पर्धामा नेपाल च्याम्पियन फिडे मास्टर रुपेशले ५ अंक जोडेका छन् भने महिला च्याम्पियन सिन्दिराले कमजोर खेल खेल्दै ३.५ मात्र जोडेकी छिन्। 

        दक्षिण एशियाली देशको प्रतिष्ठित चेस खेलमा बंगलादेशका २४३१ रेटेड अन्तर्राष्ट्रिय मास्टर आईएम मनुन रेजा नीरले ७ अंक बनाउदै एकल अग्रता सहित पहिलो स्थान हासिल गरेका छन्। 
           

प्रतियोगितामा समान ६.५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा बंगलादेशका २३२७ रेटेड फिडे मास्टर जिया तहसिन तज्वार द्वितीय, श्रीलंकन २४०२ रेटेड आईएम लियानागे रानिन्दे दिलसान तृतीय, बंगलादेशका २४३१ रेटेड आईएम मोहमद फहाद रहमान चौथो, २११३ रेटेड एफएम रहमान साहिद महफुजुर पाँचौ र ६ अंक जोडेर श्रीलंकाका पेसान्दु रस्मिथा छैटौं स्थानमा उभिन सफल भएका छन्। 

       महिला विधा तर्फ बंगलादेशका २०९७ रेटेड अहमेद वादिफाले ७ अंक प्रोग्रेसिभ ४६ प्वाइन्ट बनाउदै पहिलो स्थान हासिल गरेका छन्। उनले महिला उपाधि सँगसँगै अन्तर्राष्ट्रिय मास्टरको आईएम टाइटल पनि पाउन सफल भईन्। 

      समान ७ अंक जोडे पनि प्रोग्रेसिभ ४२.५ प्वाइन्टमा सिमित बन्दै श्रीलंकाका २१२१ रेटेड डेभिण्ड्या गुरुवर्धने दोश्रो स्थान प्राप्त गरेका छन्।
       

 प्रतिस्पर्धामा श्रीलंकाका १७८१ रेटेड एएफएम दुलिन्मा हेमाल्नी र २०५३ रेटेड डब्लूसिएम दाहाम्दि समान ६.५ अंक सहित तेस्रो र चौथो भईन्। यस्तै ६ अंकमा १८०१ रेटेट एम ईशान्दि र १७७६ रेटेड सेथुम्ली डेभहारा पाँचौ र छैटौं बनीन्।

       वोर्ल्ड चेस फिडेको अफिसियल बुद्धिचाल प्रतियोगितामा शीर्ष ६ पुरुष र ६ जना महिला खेलाडीहरुले ६१५० युएस डलर बराबरको पुरस्कार बाडेका छन्। जसमा पुरुष तर्फ क्रमशः १ हजार ५ सय, १ हजार, ५ सय, ३ सय, २ सय र १ सय ५० डलर प्राप्त गर्नेछन् भने महिला तर्फका विजेताले १ हजार, ६ सय , ४ सय, २ सय ५० र १ सय डलर पुरस्कार प्राप्त गरेका छन्। 
     
यसैबीच सम्पन्न फन खेलको अर्को विधा ब्लिट्ज् चेस प्रतियोगितामा नेपालका २१५९ रेटेट एफएम रुपेश जैसवालले ५.५ अंक जोडेर चोथो स्थान प्राप्त गर्न सफल भएका छन् भने २१३५ रेटेड युवा पुरुषोत्तम सिलवालले ५ अंक जोडेर छैटौं स्थान हासिल गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।