पाँचौ मिल्स गोल्डकप,बिहारलाई हराउँदै टिएफसी सेमिफाइलनमा

विराटनगर । सुनसरी इटहरीको टीएफसी तालतलैया पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा मंगलबार भएको खेलमा पहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई ४–० गोलले पराजित गर्दै टीएफसी सेमिफाइलनमा पुगेको हो ।

जितको लागि टीएफसीका सनिस लिम्बु, करण सुनवार, निश्चल लामा र निवस फुयलले गोल गरे । जितसँगै फाइनल यात्राको लागि टीएफसीले बिहीबार पहिलो सेमिफाइलन उदयपुरको फ्युजन फुटबल क्लब गाईघाटसँग प्रतिस्पर्धा गर्नेछ ।

एकपक्षीय खेल पस्किएको टीएफसीले खेलअवधीभर कटिहारलाई पुरै दबावमा राखेको थियो । खेलको ३७ औं मिनेटमा टीएफसीका सनिस लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफसम्म १–० गोलले अग्रता लिएको टीएफसीले दोस्रो हाफपछि थप आक्रमक बन्यो । दोस्रो हाफपछि टीएफसीले थप तीन गोल गर्यो ।

७४ औं मिनेटमा करण सुनवारले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो गोल गरेको तीन मिनेट बित्न नपाउँदै निश्चल लामाले ७७ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए । खेलको अतिरिक्त समयमा निवस फुयलले गोल गर्दै टिमको जित सुनिश्चत गरे । खेलको प्लेयर अफ म्याच टिएफसीका कप्तान सविन घिमिरे घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए ।

बुधबारको खेल आयोजक लालि गुँरास स्पोर्टिङ क्लब रानी मिल्स एरिया विराटनगर र लेटाङ्ग फुटबल क्लब मोरङबीच हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।