धनकुटाको चौबिसेमा भान्साको आगोले जल्यो घर

धनकुटा । खाना पकाउने क्रममा धनकुटाको चौबिसे गाउपालिका वडा नं. १ को छ नं. बुधबारे स्थित मुक्तरा गाउँमा एक घर जलेर नस्ट भएको छ ।

खना पकाउने क्रममा भान्सामा लागेको आगलागिबाट स्थानिय भिमबहादुर सुर्जे मगर को भान्साघर सहित घर जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओम प्रसाद खनालले जानकारी दिनुभयो ।

आगलागीमा मगरको नगद १० हजार सहित पाँच लाख बराबरको धनमाल नस्ट भएको तथा कुनै चौपाया तथा मानबिय क्षति नभएको कार्यालयले जानकारी दिएको छ ।

स्थानीय सन्चारकर्मी पबित्रा रानामगरका अनुसार करिव छ बजे साँझपख उक्त आगलागी भएको थियो । अहिले पीडित परिवारको बस्ने र खाने ठाउँ समेत नभएकाले छिमेकी राम मगर को घरमा गएर बसिरहेको वडा का अध्यक्ष देबेन्द्र क्षेष्ठले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।