कृषि अनुसन्धान परिषदलाई माटो परिक्षणमा ध्यान दिन मन्त्री अधिकारीको आग्रह
धनकुटा । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषि अनुसन्धान परिषदलाई माटाे परिक्षणमा ध्यान दिन आग्रह गर्नु भएकाे छ ।
धनकुटाकाे पाख्रीवासमा अवस्थित कृषि अनुसन्धान केन्द्रकाे भ्रमण,अवलाेकन गर्दै त्यहाँका अनुसन्धान कर्ता एवं वैज्ञानिहरुसँगकाे छलफलकाे क्रममा उहाँले त्यस्ताे आग्रह गर्नु भएकाे हाे । माटाेकाे उर्वरा शक्ति कस्ताे छ ? भन्ने कुरा थाहा नपाई उत्पादन वृद्वि गर्न नसकिने भन्दै उहाँले त्यस तर्फ ध्यान दिन जरुरी रहेकाे उल्लेख गर्नु भयाे ।
मन्त्री अधिकारीले नेपालीहरु आफैले उत्पादन गरेकाे वस्तुले बाँच्न सक्ने आधार कहिले तयार गर्न सक्ने ? त्यस्काे माध्यम् के हुन सक्छ ? भन्दै यस्काे आधार वैज्ञानिक र प्राविधिकहरुले अध्ययन अनुसन्धान गर्नुपर्ने बताउनु भयाे । उहाँले सेवाकाे हिसाबले वृहत्तर रुपमा थप कृषकहरुलाई समेट्न पनि निर्देशन दिनु भएकाे छ ।
विदेश गएर फर्कन ढिला गरेका वैज्ञानिक तथा अनुसन्धान कर्ताकाे विषयलाई जाेड्दै मन्त्रि अधिकारीले आफुहरुलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गरिरहदा केहिलाई अन्याय पर्न सक्ने स्पष्ट पार्नु भयाे ।
छलफलमा राष्ट्रिय सुन्तला जात अनुसन्धान केन्द्र पारिपात्ले धनकुटा, राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम पाख्रीवास,राष्ट्रिय व्यवसायी कृषि अनुसन्धान कार्यक्रम संयाेजकहरुले हाल यी कार्यक्रम अन्तर्गत भईरहेका अनुसन्धान तथा समस्याहरुकाे वारेमा जानकारी गराएका थिए ।
कृषि अनुसन्धान केन्द्र पाख्रीवासमा अहिले जनशक्तिकाे अभाव रहेकाे, पारिपात्ले सुन्तलाजात अनुसन्धान केन्द्रसम्म पुग्ने सडक कच्चि रहेकाे भन्ने विषयमा मन्त्रि अधिकारीले यी कुराहरुकाे व्यवस्थापन तर्फ आफुहरु लाग्ने बताउनु भयाे ।


