धनकुटामा पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानिय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न
धनकुटा, ७ चैत । आन्तरिक मामिला मन्त्रालय कोशी प्रदेशको सहकार्य, नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ धनकुटा शाखाको समन्वयमा पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानिय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
धनकुटामा आज भएको कार्यक्रममा स्थानियतहले स्थानिय संचार निती, पत्रकारिता क्षेत्रको विकासका लागी स्थानियतहले गरेका कार्यको बारेमा छलफल भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि स्थानिय सरकारले काम गरि रहेको र आगामी दिनमा समेत पत्रकारिता क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामागले पत्रकारिता क्षेत्रको विकासका लागि आफूहरुले काम गरि रहेको र आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । त्यस्तै साँगुरीगढी गाउँपालिकाका प्रमुख जितेन्द्र राई, धनकुटा नगरपालिकाकी उपप्रमुख भिमादेवि खनाल, महालक्ष्मी नगरपालिकाकी उपपप्रमुख मन्जु कार्की, साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राई, छथर जोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेहन्द्र बहादुर घिमिरे लगायतले स्थानिय सरकार पत्रकारिता क्षेत्रको विकासमा सहयोग गर्न तयार रहेको र पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबैको पहल कदमी आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष शाखाका अध्यक्ष विदुर खवासले धनकुटाको पत्रकारिताको विषयमा जानकारी प्रस्तुत गर्नु भएको थियो भने नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भर खड्काले कार्यक्रमको औचित्य माथी प्रकास पार्नु भएको थियो । कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ कोशी प्रदेश महासचिव हिमाकुमारी चेम्जोगले गर्नु भएको थियो ।


