सहिदभूमि गाउँपालिका धनकुटाको हिउँदे अधिवेशन सम्पन्न

धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटाको हिउँदे अधिवेशन सम्पन्न भएको छ ।

गाउँपालिकाको दोसेरो गाउँसभाको छैठौं अधिवेशनको तेस्रो बैठकमा प्रदेश संसदहरुकाे विशेष सम्बाेधन सहित गत फागुन बाट सुरुभएकाे अधिवेशन  विभिन्न ऐन  तथा विधेयक र कार्यविधि पारित गर्दै सम्पन्न भएको हाे ।

अधिवेशनले पालिकाकाे आर्थिक ऐन २०८१ संशोधन विधेयक , आ.व २०७९/८० काे अन्तिम लेखापरीक्षण प्रतिवेदन ,बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव , अर्थ तथा सार्वजनिक लेखा समितिको बेरुजु नियमित गर्ने प्रस्ताव , पालिकाकाे माघ महिना सम्म कार्यपालिकाले गरेको विभिन्न निर्णयहरु गाउँसभाबाट पारित गरिएको छ ।

पालिकाकाे हिउँदे अधिवेशनलाई सम्बाेधन गर्दै प्रदेश सभा सदस्य निरन राई र इन्द्रमणी पराजुलीले कृषि , सडक पुर्वाधार निर्माण , शिक्षा ,स्वास्थ , पर्यटनको क्षेत्रमा प्रगति हासिल गर्न सक्ने याेजना गाउँपालिकाले छनाैट गर्नुपर्नेमा जाेड दिनु भयाे ।

यस्तै प्रदेश संसद ईन्द्रमणी पराजुलीले सहिदभूमि गाउँपालिकाकाे गाँजा खेती र गाँजा बेचबिखन क्रममा कानुन संग जाेडिएकाे समस्या समाधानका लागि राष्ट्रिय अभियानको रुपमा गाउँपालिकाले  याेजना अगाडि बढाउन जरुरी रहेको बताउनुभयो ।

गाउँ सभा गाउँपालिका अध्यक्ष मनाेज राईको सभा अध्यक्षतामा सञ्चालन भएको थियोे । सभा अध्यक्षले अधिवेशन सम्पन्न भएको जानकारी गराउनु हुदै सभा अध्यक्ष राईले आज राति चैत सात गते १२ बजे देखि हिउँदे अधिवेशन  अन्त्य भएको घाेषणा गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।