नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक सदस्य श्रेष्ठको निधन
धनकुटा,८ चैत । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक सदस्य विष्णुमान श्रेष्ठको निधन भएको छ ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाको वि.स २०४९ सालमा स्थापना गर्दा संस्थापक सदस्य रहनु भएका श्रेष्ठको ८७ बर्षको उमेरमा आज विहान निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
लामो समय उहाँले राससमा कार्य गर्नु भएको थियो । उहाँको अन्त्यष्टी आजै गरिने जनाइएको छ ।


