कांग्रेस धनकुटाद्वारा स्ववियु निर्वाचनमा निर्वाचित विद्यार्थी नेताहरुलाई बधाई तथा संयोजकहरुलाई सम्मान
धनकुटा । नेपाली कांग्रेस धनकुटाले आज धनकुटामा स्वतन्त्र विद्यार्थी युनियको निर्वाचनमा धनकुटा जिल्लाका विभिन्न क्याम्पसमा निर्वाचित विद्यार्थी नेताहरुलाई बधाई तथा शुभकामना र निर्वाचन परिचालनका लागि खटिएका संयोजकहरुलाई सम्मान गरेको छ ।
बधाइ, शुभकामना तथा सम्मान कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा धनकुटा जिल्लाका विभिन्न क्याम्पसहरुमा नेपाल विद्यार्थी संघका उम्मेदवारहरुलाई विजयी गराउन नेपाली कांग्रेस धनकुटाको तर्फबाट समन्वय गरी परिचालन गर्न जिम्मेवारी पाएका विद्यार्थी विभाग प्रमुख तथा संयोजक रोशन श्रेष्ठ,सदस्यहरु खगेन्द्र प्रसाद घिमिरे,खेमराज पौडेल,तिलक महतलाई र पाख्रीवास क्याम्पसका संयोजकको रुपमा खटिएका जिल्ला सचिव जयन्द्र घिसिङ,धनकुटा वहुमुखी क्याम्पसका लागि संयोजक रुपमा खटिएका जिल्ला सहसचिव रोशन श्रेष्ठ,जितपुर क्याम्पसका लागि संयोजकको रुपमा खटिएका जिल्ला सहसचिव गिरिजा प्रसाद दाहाललाई सम्मान गरिएको थियो ।
त्यसैगरी धनकुटा वहुमुखी क्याम्पसको स्वतन्त विद्यार्थी यूनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट निर्विरोध निर्वाचित हुनुभएका विद्यार्थी नेताहरु उपसभापतीमा शुवास खनाल,सचिवमा मिलन बुढाथोकी,कोषाध्यक्षमा रञ्जन कार्की र सदस्यहरुमा सौरभ रिमाल,शुसिला तामाङ,सुनिला पौडेल,रेणुका मगर र इश्वर खड्कालाई र जितपुर क्याम्पसमको सभापतीमा निरुता खड्का र सदस्यमा विविस खड्कालाई बधाइ ज्ञापन गरिएको छ ।
पार्टीका जिल्ला सभापती दिनेश राई,संविधान सभा सदस्य लिला सुब्बा,पूर्व सभापतीहरु हरी कुमार राई,अग्नी प्रसाद पौडेल, कांग्रेस नेता आनन्द सन्तोषी राई,जिल्ला सचिव विजय सन्तोषी राई,महासमिति सदस्य सुमना तिम्सिना ,क्षेत्रीय सभापती तथा सागुरीगढी गाउपालिका अध्यक्ष जितेन्द्र राई लगायतले अविर टिका तथा खादा लगाई संयोजकहरुलाई सम्मान र निर्विरोध निर्वाचित हुनु भएका विद्यार्थीहरुलाई बधाई तथा लोकप्रिय र सफल कार्यकालको लागि शुभ कामना दिएका थिए । कार्यक्रम जिल्ला सभापती राईको अध्यक्षतमा सम्पन्न भएको थियो ।


