पाँचौ मिल्स गोल्डकप : उपाधि जित्नेमा दुवै टिमको दाबी

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट र मोरङको लेटाङ फुटबल क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् ।

विराटनगर जुटमिल खेल मैदानमा आइतबार हुने फाइनलमा दुवै टिम पहिलो पटक मिल्स गोल्डकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ । दुवै टिम प्रतियोगितामा भाग लिएको पहिलो पटक फाइलनमा पुगेका छन् । मिल्स गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षकले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।

लेटाङले क्वाटरफाइलनमा आयोजक लागिगँुरास स्पोर्टिङ क्बललाई टाइब्रेकरमा ४–२ गोलले र सेमिफाइनलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबलाई ६–३ गोलअन्तरले हराउँदै उपाधि नजिक पुगेको छ । उदयपुरले क्वाटरफाइलनमा सप्तरीको प्रोग्रेसिभ युवा क्लबलाई १–० गोलले र सेमिफाइलनमा इटहरी टीएफसी तालतलैयालाई एक गोलको विरुद्ध पाँच गोल गर्दै फाइनलको स्थान पक्का गरेको हो ।

दुवै टिम मिल्स गोल्डपको उपाधि जितेर इतिहास रच्ने दाउसहित मैदान प्रवेश गर्ने लक्ष्यमा छ । गाइघाटका प्रशिक्षक विशाल राईले प्रतियोगितामा सहभागि जनाएको पहिलो पटक मिल्स गोल्डकपको फाइलनमा पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘ उपाधि उचालेर इतिहास रच्ने हाम्रो लक्ष्य रहेको छ,’ प्रशिक्षक राईले भने,’ तेही अनुसार खेलाडीहरु फाइलनमा मैदान प्रवेश गर्नेछन् ।’

लेटाङ प्रशिक्षक इन्द्र राईले मिल्स गोल्डकपमा सहभागि जनाएको पहिलो पटक फाइनलमा पुग्नु उपलब्धि भएको भन्दै उनले पनि उपाधि जित्ने विश्वास व्यक्त गरे । ‘फाइलनमा हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौं र उपाधि कब्जा गर्ने हाम्रो एक मात्रै लक्ष्य रहेको छ,’ उनले भने, ‘तेही अनुसार फाइलनमा हामी अघि बढ्नेछौं ।’

प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ हासिल गर्नेछ । विधागत पुरस्कार जनही ३ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । चैत ३ गतेबाट सुरु भएको प्रतियोगितामा एक भारतीय टिमसहित कोशी प्रदेशको ८ टिमको सहभागिता रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।

गत वर्षको प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले जितेको थियो । फाइनलमा एपीएफले घरेलु टिम पेमा युवा क्लब विराटनगरलाई ३–१ गोलले पराजित गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖