साहित्यकार पोखरेलको ‘समदृष्टि’ समालोचना संग्रह विमोचन

विराटनगर । साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित ‘समदृष्टि’ समालोचना संग्रह विराटनगरमा विमोचन गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार प्राडा देवी नेपाल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने, डा. हरिहर भण्डारी, साहित्यकार बलराम पोखरेल, गंगा सुवेदी, आयोजक संस्थाका अध्यक्ष भूषण ढुंगेल, प्रा.डा. गोपाल दाहाल, नेपाल स्रष्टा समाज कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, साहित्यकार एनपी आचार्य, प्रा.डा. मेदिनीप्रसाद शर्मा नेपाल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेललगायतले पुस्तक विमोचन गरे ।

संग्रहमा पोखरेलले साहित्यकार विश्वेश्वरप्रसाद कोइरालादेखि भूपि शेरचन हुँदै नयाँ पुस्ताका लेखकका व्यक्तित्व र कृतित्वमाथि समाचोलना गरेका छन् । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको १०७ कृतिका रुपमा प्रकाशित ‘समदृष्टि’ समालोचना संग्रहमाथि साहित्यकार हरि कट्टेलले समीक्षा गरे । समीक्षक कट्टेलले समालोचना गर्नु अरु साहित्य लेखेको जस्तो सजिलो नहुने बताए । उनले अरुले लेखेको कृति केस्रा–केस्रा केलाएर समालोचना गर्नु सामान्य बौद्धिकताले नभ्याउने उनको टिप्पणी थियो । पोखरेलको ‘समदृष्टि’ निकै उत्कृष्ट संग्रहका रुपमा आएको कट्टेलले बताए । उनले अब साहित्यकार पोखरेलले आफूलाई समालोचकका रुपमा समेत प्रभावकारी रुपमा प्रस्तुत गरेको उल्लेख गरे ।

कार्यक्रममा प्रमुख अतिथि प्राडा देवी नेपाल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने, समालोचक प्राडा गोपाल दाहाल, आयोजक संस्थाका कार्यबाहक अध्यक्ष भूषण ढुंगेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले ‘समदृष्टि’ समालोचना निकै बौद्धिक र गहन रुपमा आएको बताए । पोखरेलले आफूलाई अब समालोचकका रुपमा समेत उभ्याएकोमा उनीहरुले खुसी व्यक्त गरे । लेखक पोखरेलले आफूले निकै मेहेनत गरेर समालोचना संग्रह तयार पारेको जानकारी दिए ।

पोखरेल नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्षसमेत हुन् । उनी विशेषतः मुक्तक लेख्न रुचाउँछन् । उनका यसअघि मुक्तकसहित विभिन्न साहित्यिक कृति प्रकाशित छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।