बान्तावाकाे ‘प्याउली’ उपन्यासको धरानमा चर्चा

धरान । हङकङ निवासी सर्जक बालिका बान्तावाकाे पहिलो कृति ‘प्याउली’ उपन्यासको धरानमा चर्चा भएको छ । कलरव धरानको आयोजनामा उपन्यासमाथि विभिन्न समीक्षकहरूले टिप्पणी समेत गरे ।

हाेटल पूर्वी स्टारकाे सभाहलमा आयोजना भएको चर्चा कार्यक्रम प्रदेश एककी सांसद एवम् कवि मीना श्रेष्ठकाे अध्यक्षतामा भएको थियोे । श्रेष्ठले कृतिले आफूलाई प्रभावित गरेको बताउँदै सबैलाई अध्ययन गर्न आग्रह गरिन् ।

उपन्यासउपर बाेल्दै समालाेचक एवम् कवि डा. अस्मिता विष्टले प्रमुख पात्र लादिम्मामार्फत उपन्यास बाँधिएको र सरल रेखामा बगेको बताइन् । डा. विष्टले फ्रायडवादी काेणबाट उपन्यासमा अध्ययन गरिनुपर्ने सुझाइन् । उनले उपन्यास सङ्घर्षकाे कथाहरूले भरिएको बताइन् ।

आख्यानकार एवम् कवि बिना थिङले उपन्यासकाे पात्र बलियो र स्मरणीय रहेको जनाइन् । उनले घटनाक्रमसँगै पात्रकाे चयान, सहपात्रकाे सहयोग र चरित्र निर्माणले कृति बलियो बनेको थपिन् ।

झापाकाे भद्रपुर घर घई विषत अढाई दशकयता हङकङमा बसिरहेकी बान्तावाकाे कृति गत मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विमाेचन भएको थियोे । उपन्यास कलरव धरानले प्रकाशन गरेको हाे । कृतिमा २७ अध्यायहरू रहेका छन् । उपन्यासकार बान्तावाले कृतिमा ८० प्रतिशतले आफ्नो कथा रहेको सुनाइन् ।

कवि हेमन यात्रीले सञ्चालन गरेकाे कार्यक्रममा कवि, कथाकार, सर्जकहरूकाे उल्लेख्य उपस्थिति रहेको थियोे । ‘प्याउली’  उपन्यासमा एक महिलाले भोग्नुपरेको जीवनका उकाली ओरालीहरु छन् । कृतिमा सम्बन्धहरुले दिएका सास्ती, हैरानी र ऐंठन, प्रेम, वियोगसँगै एक निडर, स्वाभिमानी र आत्मनिर्भर महिलाको जीवन संघर्षकाे कथा पढ्न सकिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।