धनकुटामा यसरी मनाइयो पहिचानवादी सहिद लाजेहाङको दोस्रो स्मृति दिवस

धनकुटा । पहिचानकाे आन्दाेलन निरन्तर रुपमा चलिरहने पहिचानवादी नेताहरुले बताएका छन् । पहिचानवादी शहिद पदम कुमार लिम्बु (लाजेहाङ)काे सम्झनामा आज धनकुटामा आयाेजित दाेश्राे स्मृती दिवस समाराेहलाई सम्बाेधन गर्दै उनिहरुले त्यस्ताे बताएका हुन् ।

किरात याक्थुम चुम्लुङ धनकुटाकाे आयाेजनामा भएकाे स्मृती दिवस समाराेहमा बाेल्दै किरात याक्थुम चुम्लुङका केन्द्रीय सदस्य तथा समाराेहका प्रमुख अतिथी चन्द्रसिं नेम्बाङले सम्पूर्णलाई पहिचानकाे आन्दाेलनमा उत्रन आग्रह गर्नु भयाे ।

एकापसमा दाजुभाई बाडिए आफुहरुकाे पहिचान स्थापित गर्न समस्या हुने भन्दै याे आन्दाेलनमा सबै लाग्नु पर्ने स्पष्ट पार्नुभयाे । उहाँले प्रदेश नं १ काे नाम ढुङ्गाकाे अक्षरले लेखिएकाे हाेईन भन्दै यसलाई फेर्न सकिने बताउनु भयाे । जसका लागि सम्पूर्ण पहिचानवादीहरु चुनावकाे वेला समेत एक हुन आवश्यक रहेकाे उल्लेख गर्नुभयाे । सहि मान्छे पनि सत्तामा पुगेपछि मति भ्रष्ट भएकाे टिप्पणी गर्दै उहाँले त्यस्ता व्यक्तीले पहिचानकाे विषयलाई साथ नदिएकाे बताउनु भयाे । यद्यपि १ नं प्रदेशकाे खारेजी, मुकुम्लुङमा (पाथिभरामा) केवलकार वनाउने कार्य बन्द गर्न/गराउन आन्दाेलनकाे विकल्प नरहेकाे उहाँकाे भनाई छ ।

त्यस्तैगरी १ नं प्रदेश संघर्ष समितीका संयाेजक सञ्जय सन्ताेषी राईले खुवालुङदेखि मुकुम्लुङ (पाथिभरा) सम्म आदिवासी जनजातिहरुकाे पहिचान,धर्म, सस्कार सस्कृतीप्रति अतिक्रमण भईरहेकाे भन्दै यसलाई राेक्न आफू आफ्नाे जीवन उत्सर्ग गर्न पनि पछि नपर्ने बताउनु भयाे । साथै उहाँले पहिचानवादी नेताहरु पनि कतिपय ठुला राजनीतिक दलहरुमा सम्वद्व रहेकाेले उहाहरुले ती दल समक्ष आदिवासी जनजातिहरुकाे हक अधिकार, भाषा,संस्कार सस्कृती र पहिचान संरक्षणकाे बारेमा कुरा उठाउन आह्वान गर्नुभयाे ।

यता नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका पुर्व अध्यक्ष तथा पहिचानवादी नेतृ पार्वती राईले २१ओै शताब्दिमा पनि एकल नश्लिय जातिवादि रुपमा राज्य चलेर आदिवासी जनजातिहरुमाथि दमन गरिरहेकाे टिप्पणी गर्नुभयाे । आफुहरुले पहिचानकाे आधारमा प्रदेशकाे नामाकरण गर्नु पर्छ भन्ने माग गर्दा गाेलि खानुपरेकाे भन्दै दु:ख व्यक्त गर्नु भयाे ।

किरात याक्थुम चुम्लुङ धनकुटाका अध्यक्ष कमलसिं तिगेला लिम्बुकाे अध्यक्षतामा सञ्चालित समाराेहमा सहिद पदम कुमार लिम्बू (लाजेहाङ)काे तस्विरमा फुल टीका लगाई उहाकाे सम्झना गरिएकाे थियाे । प्रदेश १ काे नाम खारेजीकाे विषयलाई लिएर विराटनगरमा भएकाे आन्दाेलनकाे क्रममा प्रहरीकाे लाठी चार्जबाट घाईते भएका शहिद लिम्बुकाे उपचारकाे क्रममा निधन भएकाे थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।