तरहरामा राष्ट्रिय कविता प्रतियोगिताको तयारी, पुरस्कार राशि ५१ हजार

इटहरी । इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । २०८२ वैशाख १२ गते शुक्रवारका दिन तरहरामा एक भव्य समारोहबीच प्रतियोगिता हुन लागेको हो । ‘स्व. कवि नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि कविहरूलाई कविता पठाउन आह्वान गरिएको छ ।

श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले आयोजना गर्न लागेको प्रतियोगितामा प्रथम हुने कविलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिने समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।

यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार (दुई जनालाई) क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सयसहित प्रदान गरिनेछ । यसैगरी छनोट भएका मध्ये अन्य पाँच जनालाई नगद पाँच हजार एक सयसहित पुरस्कृत गरिने अध्यक्ष श्रेष्ठले बताए ।

कवि र कवितालाई समाजमा अझ परिचित बनाउने र प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागिएकाले उनको भनाइ छ । वि.स. २०८१ चैत मसान्तम्म निम्न इमेलमार्फत् कविता पठाउन सकिने बताइएको छ ।

सार्वजनिक सूचनाअनुसार कविता समसामयिक विषयमा, नेपाली भाषामा लेखिएको हुनुपर्ने, गद्य वा पद्यमा रचित बढीमा तीन सय शब्दसम्मको हुनुपर्ने, मौलिक र अप्रकाशित÷अप्रसारित हुनुपर्ने, प्रतियोगी कविहरूले हालसालै खिचेको एक प्रति रङ्गीन फोटो, सम्पर्क ठेगाना र मोबाइल नम्बर कवितासँगै अनिवार्य पढाउनुपर्ने कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेले बताए ।

उनका अनुसार प्रतियोगिताका निम्ति प्राप्त भएका कविताहरूलाई विज्ञहरूको तीन चरणको मूल्याङ्कन पद्धतिबाट छनोट गरी उत्कृष्ट १० कविलाई २०८२ वैशाख १२ गते तरहरामा आयोजना हुने कार्यक्रममा वाचनपश्चात् पुरस्कृत गरिने छ । उत्कृष्ट १० छानिएका कविहरू स्वयम् सशरीर उपस्थित भएर कविता वाचन गर्नुपर्ने बताइएको छ ।

कविता ५१ हजार पुरस्कारको राष्ट्रिय कविता प्रतियोगिताका लागि कविता आह्वान

इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । २०८२ वैशाख १२ गते शुक्रवारका दिन तरहरामा एक भव्य समारोहबीच प्रतियोगिता हुन लागेको हो । ‘स्व. कवि नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि कविहरूलाई कविता पठाउन आह्वान गरिएको छ ।

श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले आयोजना गर्न लागेको प्रतियोगितामा प्रथम हुने कविलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिने समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।

यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार (दुई जनालाई) क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सयसहित प्रदान गरिनेछ । यसैगरी छनोट भएका मध्ये अन्य पाँच जनालाई नगद पाँच हजार एक सयसहित पुरस्कृत गरिने अध्यक्ष श्रेष्ठले बताए ।
कवि र कवितालाई समाजमा अझ परिचित बनाउने र प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागिएकाले उनको भनाइ छ ।

वि.स. २०८१ चैत मसान्तम्म निम्न इमेलमार्फत् कविता पठाउन सकिने बताइएको छ ।

सार्वजनिक सूचनाअनुसार कविता समसामयिक विषयमा, नेपाली भाषामा लेखिएको हुनुपर्ने, गद्य वा पद्यमा रचित बढीमा तीन सय शब्दसम्मको हुनुपर्ने, मौलिक र अप्रकाशित/अप्रसारित हुनुपर्ने, प्रतियोगी कविहरूले हालसालै खिचेको एक प्रति रङ्गीन फोटो, सम्पर्क ठेगाना र मोबाइल नम्बर कवितासँगै अनिवार्य पढाउनुपर्ने कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेले बताए ।

उनका अनुसार प्रतियोगिताका निम्ति प्राप्त भएका कविताहरूलाई विज्ञहरूको तीन चरणको मूल्याङ्कन पद्धतिबाट छनोट गरी उत्कृष्ट १० कविलाई २०८२ वैशाख १२ गते तरहरामा आयोजना हुने कार्यक्रममा वाचनपश्चात् पुरस्कृत गरिने छ । उत्कृष्ट १० छानिएका कविहरू स्वयम् सशरीर उपस्थित भएर कविता वाचन गर्नुपर्ने बताइएको छ ।
कविता janasahayog2050@gmail.com इमेलमा पठाउन सकिने आयोजक समूहले जनाएको छ ।

नेपाली भाषा, कला, संस्कृति, धर्म र स्थानीय जीवनपद्धतिलाई प्रवद्र्धन गर्दै व्यापक बनाउने इमानदार उद्देश्यले स्थानीय सरकार, संघ संस्था र व्यक्तित्वहरूको सक्रिय सहभागीतामा तरहरामा पहिलोपटक ‘राष्ट्रिय कविता प्रतियोगिता–२०८२’ आयोजना गर्न लागिएको उनले बताए ।
देश तथा विदेशबाट नेपाली भाषामा लेखिएर सहभागी भइ छानिएका उत्कृष्ट १० कविता वाचन गरिने तय भएको घिमिरेको भनाइ छ । यस कार्यक्रममा स्थानीय लब्ध प्रतिष्ठित र राष्ट्रिय रूपमासमेत असल कर्मको कारणले चिनिएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिने तयारी छ ।
खासगरी यो प्रतियोगिता कम्तीमा पाँच वर्ष निरन्तर आयोजना गरिने र आवश्यक तयारीसहित सुरू हुने साहित्यिक–सांस्कृतिक भेला नेपालकै सबैभन्दा ठूलो पुरस्कार राशीसहितको हुने आयोजकको दाबी छ ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने र उक्त रकम एसएलसी ब्याच २०५० बाटै व्यक्तिगत रूपमा उठाइने बताइएको छ ।
इमेलमा पठाउन सकिने आयोजक समूहले जनाएको छ ।

नेपाली भाषा, कला, संस्कृति, धर्म र स्थानीय जीवनपद्धतिलाई प्रवद्र्धन गर्दै व्यापक बनाउने इमानदार उद्देश्यले स्थानीय सरकार, संघ संस्था र व्यक्तित्वहरूको सक्रिय सहभागीतामा तरहरामा पहिलोपटक ‘राष्ट्रिय कविता प्रतियोगिता–२०८२’ आयोजना गर्न लागिएको प्रतियोगिताका सह–संयोजक विवेक विवश रेग्मीले बताए । उनका अनुसार देश तथा विदेशबाट नेपाली भाषामा लेखिएर सहभागी भइ छानिएका उत्कृष्ट १० कविता वाचन गरिनेछ । कार्यक्रममा स्थानीय लब्ध प्रतिष्ठित र राष्ट्रिय रूपमासमेत असल कर्मको कारणले चिनिएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिने तयारी छ ।

खासगरी यो प्रतियोगिता कम्तीमा पाँच वर्ष निरन्तर आयोजना गरिने र आवश्यक तयारीसहित सुरू हुने साहित्यिक–सांस्कृतिक भेला नेपालकै सबैभन्दा ठूलो पुरस्कार राशीसहितको हुने आयोजकको दाबी छ ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने र उक्त रकम एसएलसी ब्याच २०५० बाटै व्यक्तिगत रूपमा उठाइने बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads

धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम

प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।