धनकुटामा सुमो दुर्घटना,छ जना घाइते(नामावली सहित)

धनकुटा,चैत ११ । धनकुटामा सुमो दुर्घटना भएको छ ।

जिल्लाको सांगुरीगढी गाउंपालिका ६ स्थित कोशी लोकमार्गको कार्कीछापमा आज दिउंसो २:३० बजे धरानबाट संखुवासभा तर्फ जांदै गरेको प्रदेश नं १-०२-००१ ज ४०६६ नम्बरको सुमो दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएको र उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको साथै अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले धनकुटा खबरलाई जानकारी दिए ।

दुर्घटनामा घाइते हुनेहरुमा संखुवासभाको मकालु गाउंपालिका ४ का ४५ बर्षिय सुमित्रा तामांग,३५ बर्षिय निर्मला राई,२४ बर्षिय बिकेन्द्र राई,१८ बर्षिय स्वस्तिका राई तथा धनकुटाको महालक्ष्मी नगरपालिका ३ का ६६ बर्षिय मैयां थापा र उहांकी छोरी १२ बर्षिय आयुशा थापा रहेका छन् ।

दुर्घटना गाडीको अगाडिको टायर पड्किएर भएको र गाडीमा सवार १३ जना मध्ये ७ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

सवारी चालक सुनसरीको धरान उपमहानगरपालिका १५ का ३४ बर्षिय सुमन लिम्बुलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।