धनकुटामा आगलागी हुंदा तीन लाख बराबरको क्षति
धनकुटा,चैत १२ । धनकुटामा आगलागी हुंदा करिब ३ लाख बराबरको क्षति भएको छ ।
आज दिउंसो करिब १ बजे जिल्लाको धनकुटा नगरपालिका ७ स्थित बालकृष्ण श्रेष्ठको टिनको छानो र बांसको टांटीबेरा भएको गोठमा आगलागी भएको हो ।
मान्छे समेत बस्ने गरेको उक्त गोठमा आगलागी हुंदा १ वटा गोठ ,भान्साघर ,लत्ता कपडा,भांडा वर्तन,फर्निचरको सामान पुर्णरुपमा जली नष्ट भएपनि मानविय तथा चौपाय क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
आगोलाई जिप्रका धनकुटाबाट खटिएको प्रहरी टोली,स्थानियवासी र धनकुटा नगरपालिकाको २ वटा दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीको कारण खुल्न सकेको छैन ।




