धनकुटाको सहिदभूमि गाउँपालिकालाई गरियो पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ । ‘पूर्ण खाेप: सुरक्षित भविष्य पूर्ण खाेप सुनिश्चितता दिगाेपन प्रतिवद्वता ” भन्ने नाराका साथ घोषणा गरेको हो ।
खाेप समन्वय समिति तथा सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राईले व्यानर अनावरण गर्नु हुदै प्रतिवद्वता हस्ताक्षर गरेर घाेषणा गर्नुभयो । पालिकालाई पूर्ण खाेप बनाउनका लागि काम गर्ने जनप्रतिनिधि ,कर्मचारी ,स्वास्थ्यकर्मी स्वयमसेविका सबैलाई धन्यवाद दिनुभयो ।आगामी दिनमा पुर्ण खाेपयुक्त पालिका बनाउन निरन्तर काम गर्न आग्रह गर्दै सुनिश्चितता पछि दिगाेपना ल्याउने गरि काम गर्नुपर्ने बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यलयका निमित्त प्रमुख विदुर गुरागाईले सरकारले प्रदान गरिने सम्पूर्ण खाेप बालिकाले पाउन वञ्चित गराउन नहुने बताउनुभयो । साथै उहाले सबै मापदण्ड पुर्याएर पालिकालाई पुर्ण खाेप पालिका घाेषणा गरेको बताउनुभयो । त्यस्तै गरि सहिद भुमि गाउपालिकाकाे सामाजिक विकास संयोजक तथा वडा अध्यक्ष हेमकुमार राईले पालिकालाई निराेगि र स्वास्थ बनाउन लागि पर्ने बताउनुभयो ।
पालिकाभर ०-५९ महिनाकाे ७२५ जना बालबालिकाले खाेप पाएकाे छ । हाल ०-१५ महिना २६५ जना बालबालिका रहेको छ । खाेप समन्वय समिति सदस्य तथा स्वास्थ शाखा प्रमुख फकिर महाेमतले प्रत्येक वडामा बालबालिकाले खाेप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खाेप पालिका सुनिश्चितता घाेषणा गरिएको जानकारी दिनुभयो । उहाँले खाेप लगाउने उमेर समूहका सबै बालबालिकाले खाेप लगाएको सुनिश्चित भएपछि पालिकालाई घाेषणा गरिएको बताउनुभयो ।
पालिकाले घाेषणा गर्नु अघि घरधुरी सर्वेक्षण , पूर्ण खाेप सुनिश्चितताकाे लागि प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मी पुगेको स्वास्थ्य शाखा प्रमुखले जानकारी दिनुभयो । साेहि अवसरमा पुर्ण खाेप अभियानमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मी पारस राईलाई प्रसंसा पत्र अविरले सम्मान गरेको थियोे ।
यस्तै १० जना स्वास्थ्यचाैकि इन्चार्ज र खाेप कर्ता ८ जनालाई प्रसंसापत्र व्याग वितरण गरिएको छ । घाेषणा कार्यक्रममा वडा अध्यक्ष खगेन्द्र राई , कार्यपालिका सदस्य केन्द्र बहादुर राई, वडा अध्यक्ष भिम बहादुर राई , दिवानी राई लगायत स्वास्थ्यकर्मी ,स्वयमसेविका, कर्मचारीहरुको उपस्थिति थियो ।







