धनकुटाको सांगुरीगढी स्थित तारेभिर सामुदायिक वनमा आगलागी
धनकुटा,चैत १४ । धनकुटाको सामुदायिक वनमा आगलागी भएको छ ।
जिल्लाको सांगुरीगढी गाउंपालिका ५ स्थित तारेभिर सामुदायिक वनमा हिजो बेलुका करिब ४:४० बजे आगलागी भएको हो ।
उक्त आगलागीले घरगाउं भेट्ने सम्भावना बढेपछि धरान उपमहानगरपालिकाबाट दमकल मगाई आज बिहान करिब १:१० बजे आगलागीलाई प्रहरी चौकी डाँडाबजारबाट खटिएको प्रहरी टोली,स्थानिय जनप्रतिनिधी,स्थानियवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
आगलागीबाट कुनै मानविय तथा चौपाया समेतको क्षति नभएको तथा आगलागीको कारण खुल्न नसकेको पनि जनाइएको छ ।


