धनकुटामा पनि कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरूद्ध विरोध प्रदर्शन
धनकुटा, १४ चैत । धनकुटामा स्वतन्त्र नागरिकको एक समुहले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरूद्ध विरोध प्रदर्शन गरेको छ ।
धनकुटाको मदनचोकमा कार्यक्रम गर्दै समुहले इमान्दार कर्मचारी माथी सरकारले ज्यादती गरेको भन्दै विरोध गरेको हो ।
विरोध कार्यक्रममा वोल्दै सरकार संगै अहिलेको देशको अवस्थामा नेताहरुले गरका हरेक बिषयहरु जनविरोधी र जनघाती भएको भन्दै वक्ताहरुले आक्रोस समेत व्यक्त गरेका थिए ।


