स्थानीय पर्यटकको रोजाईमा पर्दै बन्दुके डांडा
चौबिसे कुरुले तेनुपा,चैत्र १६ । धनकुटाको चौविसे गाउँपालिका वडा नं ३ मा रहेको बन्दुके डांडा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
तमोर केरिडोरबाट करिब ५ किमि टाढा कुरुले तेनुपाको शिरमा रहेको यस स्थानबाट तेह्रथुम ,पाचथर,भोजपुर,धनकुटा सदरमुकाम र ती क्षेत्रहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
समुन्द्री सतह देखि १२ सय मिटरको उचाइमा रहेको यो डाडाबाट सगरमाथा र कुम्भकर्ण लगायत हिमालहरुको मरोरम दृश्य समेत देख्न सकिन्छ ।

वरिपरिको मनोरम दृश्य अवलोकन गर्न यहाँ मिनि भ्यु टावर र बनभोज खानको लागि यहाँ पिक्निक स्पोर्टसको निर्माण गरिएको छ ।
यस स्थानमा शनिबार,दशै तिहार,नयां बर्ष लगाएत बिभिन्न चाडपर्वहरुमा स्यानीय पर्यटकहरु बनभोज खान र घुम्न आउने गरेको वडाध्यक्ष मदन लिम्बुले जानकारी दिनुभयो ।
पहिला गाईबस्तु चरण रहेको यस स्थानमा अहिले पर्यटकहरुको आगमन संगै स्थानीयबासीहरुको आयमा समेत बृद्धि भएको लिम्बूले जानकारी दिनुभयो ।
यस ठाउँलाई थप आकर्षक बनाउन यो बर्ष कोशी प्रदेस सरकारको १५ लाख बजेट छुट्टिएको र तत्काल काम सुरु हुने उहाँले जानकारी दिनुभयो ।
यहाँका तामाङ जातिका पुर्खाहरु सिकार खेल्न धेरै बन्दुक को प्रयोग गर्ने भएकाले यो ठाउँको नाम बन्दुके डाडा रहन गएको स्थानीय पुर्ण बहादुर तामाङले जानकारी दिनुभयो ।-प्रशिक्षार्थी पत्रकार सैलेन्द्र तामाङ



