धनकुटाको कुरुले तेनुपालाई स्याउ पकेट क्षेत्र घोषणा गर्न बिरुवा बितरण
सैलेन्द्र तामाङ /चौबिसे धनकुटा,१७ चैत । जिल्लाकै सुख्खाग्रस्त क्षेत्र धनकुटाको चौविसे गाउँपालिका वडा नं. ३ मा रहेको कुले तेनुपा गाउँलाई स्याउ पकेट क्षेत्र घोषणा गर्न बिरुवा बितरण गरिएको छ ।
कुरुले तेनुपाका ३५ घरधुरुलाई समुद्री सतहबाट ११ सय मिटर माथि खेती हुने आठ सय स्याउका बिरुवाहरु आजबाट बितरण शुरु गरिएको हो ।
गाउँबासीलाई वडा अध्यक्ष मदन तुम्सा र सदस्य राजेश याखाले बिरुवा बितरण गर्नुभएको थियो ।

गाउँपालिकाको ७५ प्रतिशत अनुदान र गाउँबासीको २५ प्रतिशत साझेदारीमा दुई लाख बराबरको बिरुवाहरु बितरण गर्न लागिएको अध्यक्ष तुम्साले जानकारी दिनुभयो ।
बिरुवा बितरण संगै वडा अध्यक्ष तुम्साले बिरुवा लगेर राम्ररी स्याहार गरि बिरुवा हुर्काउन उपस्थित स्थानियहरुलाई अनुरोध गर्नु भयो ।
स्थानीय स्तरमा रोजगारिको अवसर सिर्जना गरि आर्थिक रुपमा सम्पन्न बनाउनको लागि यो कार्यक्रम को आयोजना गरेको वडा सदस्य याखाले जानकारी दिनु भयो ।
बन्दुके गाउँमा सञ्चालित तमोर पर्मकल्चर सिकाई थलोबाट स्याउको बिरुवा खरिद गरि बिरुवा बितरण गरिएको हो ।

बिरुवा कसरी रोप्ने र कसरी हुर्काउने भन्ने विषयमा सिकाई थलोका प्रमुख भोज कुमार काफ्लेले स्थानीयहरुलाई जानकारी दिनु भयो ।
बिरुवा बितरण फलदायी र उद्देयमुलक रहेकोले अब पुर्ण रुपमा स्याउ खेती गरि आर्थिक उपार्जन गर्न लाग्ने बताउँदै स्थानीय बवि याखा र सुक माया तामाङले खुसी व्यक्त गर्नुभयो ।
सुख्खा ग्रस्त यस क्षेत्रको बसाईसराइ र जिवीकोपाजर्नमा सहयोग गर्ने उदेश्यले केहि बर्ष अघिबाट बन्दुके गाउँमा प्लाष्टिक पोखरीको सहयोगमा भारतीय मुलका अमेरिकन नागरिक राजिव गोयलले पर्माकल्चर सिकाई थलो चलाउँदै आएका छन् ।
मरुभूमी जस्तै रहेको सुख्खा बन्दुके गाउँमा लटरम्म स्याउ फलाएर देखाएको यस सिकाई थलोको प्रभावबाट अहिले त्यस क्षेत्रका नागरिकहरु पनि त्यस तर्फ आकर्षित भएका छन् ।(प्रशिक्षार्थी पत्रकार)


