धनकुटाको सहिदभूमिमा रुखबाट लडेर एक जनाको मृत्यु
धनकुटा,१८ चैत । धनकुटामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको सहिदभूमि गाउंपालिका ३ सिरवानी बस्ने ५३ बर्षिय मन्दिर बहादुर राई रहेका छन् ।
हिजो दिउंसो करिब ४:३० बजेतिर आफ्नै बारीमा रहेको टांकीको रुखमा चढेर घांस काट्ने क्रममा लडेर घाइते भएका राईको उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याउन साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
मृतकको शव अस्पतालको शवगृहमा राखिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


