धनकुटामा एमालेको शक्ति प्रदर्शन(फोटो फिचर)
नारायण कुमार राई/चैत १८, धनकुटा । नेकपा एमाले धनकुटाले आज धनकुटामा राजाबादीहरुका बिरुद्ध वृहत मोटरसाइकल ¥याली प्रदर्शन गरेको छ ।
गएको चैत्र १५ गते राजावादीको प्रदर्शनका क्रममा भएको अराजक गतिबिधीको बिरोधमा मोटरसाइकल ¥याली गरेको हो ।
¥याली बसपार्कबाट डाँडागाउँ, हुलाकटोल, वीचबजार, भीमनारायण चोक, माथ्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोकमा आएर सभामा परिणत भएको थियो ।
सभालाई एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बूले सम्बोधन गर्नुभएको थियो । गणतन्त्रको विरोध गर्दै राजतन्त्र फर्काउनुने नममा अराजक र प्रतिगामी हर्कतविरुद्ध एमालेले आन्दोलनमा उत्रिएको लिम्बूले जानकारी दिनुभयो ।
बिरोध सभामा संबिधानसभा सदस्य टिकाराम चेमजोङ,कोशाी प्रदेश सभासदद्वय निरन राई,ईन्द्रमणी पराजुली लगाएत जिल्लाका नेतता तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो ।
मोटरसाईकल ¥यालीमा एक हजार भन्दा बढी मोटरसाईकलहरुको सहभागिता रहेको नेकपा एमाले प्रचार बिभाग प्रमुख रबिन कट्टेलले जानकारी दिनुभयो ।








