धनकुटामा वृहत मोटरसाइकल र्‍याली निकालेर एमालेले गर्यो गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन

धनकुटा,१८ चैत । नेकपा एमाले धनकुटाले आज धनकुटा बजारमा वृहत मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, यसबाट प्राप्त उपलब्धी र संविधानको रक्षाका लागि एमालेले वृहत जनजागरण मोटरसाइकल र्‍याली प्रदर्शन गरेको हो ।

सयौँ मोटरसाइकलको ताँतीसहित बसपार्कबाट सुरु भएको र्‍यालीले धनकुटा बजार परिक्रमा गरेको छ । र्‍याली बसपार्कबाट डाँडागाउँ, हुलाकटोल, वीचबजार, भीमनारायण चोक, माथ्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोक आएर सभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागीहरूले ‘गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, हत्या हिंसा लुटपाट अन्त्य गर, जन्मसिद्ध श्रेष्ठता स्वीकार्य छैन, नेकपा एमाले जिन्दावाद’ लगायत नारा लगाउँदै बजार परिक्रमा गरेका छन् । जिल्लाका सातवटै पालिकाबाट भेला भएका एक हजार भन्दा बढी मोटरसाइकलसहितको र्‍यालीले बजार परिक्रमा गरेको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।

यसैबीच, र्‍याली पश्चात आयोजित सभालाई सम्बोधन गर्दै एमाले धनकुटा अध्यक्ष शिव आङ्लाले वृहत मोटरसाइकल र्‍यालीले धनकुटामा एमाले र गणतन्त्रको पक्षमा रहेको जनलहरलाई छर्लङ्ग पारेको उल्लेख गरे ।

एमाले जिल्ला सचिव पर्शुराम नेपालले जनता गणतन्त्रको पक्षमा रहेको भन्दै केही प्रतिगामीहरूले हिंसात्मक गतिविधि गर्दैमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दावी गरे । गणतन्त्र विरोधी प्रतिगामीहरू सल्बलाउन थालेको भन्दै एमालेले त्यसका विरुद्ध धनकुटासहित देशभर प्रदर्शन गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।