धनकुटाको चौबिसे बुधबारेमा जेष्ठ नागरिकहरुको साधारण सभा सम्पन्न
पबित्रा राना/चैत १८,(चौबिसे)धनकुटा । जेष्ठ नागरिक संघ चौबिसे गाउँपालिका वडा नं.१ छ नं. बुधबारे धनकुटाको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको अवसर पारेर संघले वडाका २५ जना जेष्ठ नागरिकहरुलाई आजीवन सदस्य बितरण तथा दुई जना सबै भन्दा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा पदमबहादुर काफ्ले र रत्नमाया मगर हुनुहुन्छ । दुबैजनालाई संघका उपाध्यक्ष प्रेमकुमार श्रेष्ठ,वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी देबेन्द्र श्रेष्ठ,संघका कोशी प्रदेश सदस्य दुर्गाबहादुर न्यौपानेले सम्मान गर्नुभएको थियो ।
कुनै पनि जेष्ठ नागरिकले दुःख नपाउन भन्ने उदेश्यले जेष्ठ नागरिकहरुलाई आजीबन सदस्यता बनाउने कार्यक्रम सन्चालन गरिएको संघका प्रदेश सदस्य न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा संघका उपाध्यक्ष श्रेष्ठले चौबिसे गाउपालिका वडा नम्बर १ ले बैधानिक प्राप्त गरिसकेको बिषयमा जानकारी दिनुभएको थियो ।
त्यस्तै वडा अध्यक्ष श्रेष्ठले अघिल्लो बर्ष वडामा बजेट कम आएकोले सहयोग गर्न नसकिएको तर आउने बर्ष जेष्ठ नागरिरुका लागि बजेट छुट्याउने जानकारी दिनुभयो ।
वडामा जेष्ठ नागरिक आजीबन सदस्यता बितरण कार्यक्रम हरेक बर्ष गरिदै आएको बिषयमा वडा संघका सचिव हेमकर्ण तुम्साले जानकारी दिनुभयो । (प्रशिक्षार्थी पत्रकार)


