धनकुटाबाट भरुवा बन्दुक र बारुद सहित दुई जना पक्राउ
धनकुटा,१९ चैत । धनकुटाबाट भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सांगुरीगढी गाउंपालिका ८ का ३२ बर्षिय तेज कुमार बिक र मोटरसाइकल चालक ३८ बर्षिय मनभा राई रहेका छन् ।
चेत १८ गते राती ९:४५ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले ढुंग्रेबाट सिन्कुला आउदै गरेको प्र-१-०२-०४७ प १८८० नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा १ नाले भरुवा बन्दुक १ थान र बारुद फेला परेपछि उनीहरुलाई मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेकाको जिप्रका धनकुटा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।


