पत्रकार महासंघ धनकुटाले जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

नारायण कुमार राई/चैत १९,धनकुटा । राजावादीहरुले गरेको आन्दोलनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेस रजकको आगलागीमा परेर ज्यान गएको विषय र पत्रकार तथा सन्चार गृहहरुमा भएको आगजनिको बिषयलाई लिएर नेपाल पत्रकार महासंघ धनकुटाले जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

महासंघले रजकको मृत्युको गहिरो अनुसन्धान गर्दै घटनामा सलग्न सबैलाई फौज्दारी अभियोग अन्तर्गत कानुनी कारवाही गर्न विभिन्न ६ बुंदे माग गरेको छ ।

महासंघले पत्रकार र विभिन्न सन्चार गृहहरुमा भएको आक्रमणको क्षतिको उचित सम्बोधन नगरे सरकार बिरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

महासंघका अध्यक्ष बिदुर खवासले प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेललाई ज्ञापन पत्र बुझाउनु भएको थियो ।

ज्ञापन पत्र बुझाउन जिल्ला स्थित पत्रकारहरुको टोली प्रशासन पुगेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖