धनकुटाको चौबिसेमा आगलागी, वृद्दाको घर जलेर नष्ट
विनोद भण्डारी/चैत्र २०,(चौबिसे) धनकुटा । चार सुरुङ्गिमा घर छेउ झिक्रा पतकर जलाउने क्रममा जेस्ठ नागरिक एकल महिला फुलमाया फागो को घर जलेर नष्ट भएको छ ।

हिजो दिउँसो २ बजे भएको आगलागी करिब एक घन्टा पछी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो।आगोले घरमा भएको अन्नपात भाडाकुडा साथै सम्पुर्ण लत्ताकपडा जलेर नष्ट भएको छ ।
श्रीमानको मृत्यु पश्चात् वृद्द महिला घरमा एक्लै बस्ने गरेको र सन्तान समेत नभएको स्थानीय पदम मगरले जानकारी दिए।

आगलागी बाट करिब चारलाख बराबरको क्षति भएको अस्थायी प्रहरी बिट फलामेटारले जानकारी दिएको छ।
पिडित फागोको राहतको लागि प्रक्रिया शुरु गरिसकिएको वडा अध्यक्ष लोकेन्द्र मगरले जानकारी दिनुभयो । (प्रशिक्षार्थी पत्रकार)


