धनकुटामा पत्रकारलाई प्रेस ज्याकेट वितरण
धनकुटा,२० चैत । धनकुटाका कृयाशिल पत्रकारलाई स्वर्गिय हरी भक्त सुभारा राईको सम्झनामा प्रेस ज्याकेट वितरण गरिएको छ ।
धनकुटामा आज एक कार्यक्रमका विच स्वर्गिय राईका दाजु सहिदभूमी गाउँपालिका १ (हाल :हङकङ्ग) बस्दै आउनु भएका वीर भक्त सुभारा राईको सौजन्यमा पत्रकारलाई ज्याकेट वितरण गरिएको हो ।
कार्यक्रममा वीर भक्तका भाइ विनय राईले पत्रकारलाई ज्याकेट हस्तानतरण गर्नु भएको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै राईले दाजुको सम्झनामा पत्रकारलाई सानो उपहार दिन पाएकोमा आफूलाई खुसी लागेको बताउनु भयो ।


