धनकुटाको चुलिवन नजिकै जंगलमा भिषण आगलागी
धनकुटा ।धनकुटाको धनकुटा नगरपालिका ५ स्थित सामुदायिक वनमा आगलागी भएको छ ।
अहिले सो वनमा लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय खटिएका छन् तर डढेलो नियन्त्रण हुन सकिरहेको छैन ।
बडहरे सामुदायिक वनमा लागेको आगो बस्ती नजिक पुगेको छ । वनमा लागेको आगो बस्ती नजिक पुगेका कारण सतर्कता अपनाउन विभिन्न निकायहरुले अपिल गरिरहेका छन् ।




तस्बीर स्रोत :सामाजिक संजाल


