धनकुटाको बडहरे सामुदायीक वनमा लागेको भिषण डढेलो नियन्त्रणमा
धनकुटा,२१ चैत । धनकुटा नगरपालिका वडा नम्बर ५ मा रहेकाे बडहरे सामुदायीक वनमा लागेको भिषण डढेलो नियन्त्रणमा आएको छ ।
आज दिउँसो केही बेर नियन्त्रणमा आएकाे डढेलाे बेलुका पुन सल्किएकाे थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय कार्यलयका कर्मचारी , विद्यार्थी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको हाे ।


