धनकुटाको साँगुरीगढी खुँडीमा स्वास्थ्य चौकीको भवन निर्माण कार्य सुरू
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी-८, खुँडीमा स्वास्थ्य चौकीको भवन निर्माण कार्य सुरू भएको छ।
साँगुरीगढी गाउँपालिकाबाट आर्थिक वर्ष ८१/८२ देखि ८२/८३ मा सम्पन्न हुने ९५ लाख बराबरको भवन निमार्णको काम सुरू भैइसकेको साँगुरीगढी-८ का वडा अध्यक्ष हृदय नारायण प्रसाद राईले जानकारी दिनु भयो।
स्वास्थ्य चौकीको भवन निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको थियो। यस क्षेत्रका स्थानीयले विगत केही वर्ष अघि पटक-पटक कुरा राख्दा भवन निर्माणका लागि कुनै सुनुवाई नगरेको गुनासो गरेका थिए, तर यो पटक भवन निर्माणका लागि वजेट विनियोजन सहित काम सुरु भएपछि यहाँका स्थानीयहरू खुसी भएका छन्।


