कोशी पर्यटन बर्षको सन्दर्भमा धनकुटामा छलफल
धनकुटा, २२ चैत्र । धनकुटामा २०८२ लाई पर्यटन बर्षको रुपमा मनाउँन लागेको कोशी प्रदेश सरकारले सरोकारवालाहरुसाग छलफल सुरु गरेको छ । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन बर्ष तयारीका लागि निजी क्षेत्रसाग परामर्शमा जुटेको हो ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, सचिव विशाल घिमिरे र निर्देशक समितिका पदाधिकारी सहितको टोली छलफलका लागि मोरङ, सुनसरी पछि धनकुटा आज कार्यक्रम गरेकाे हो । पर्यटन क्षेत्रको संरचनागत सुधार गरी राष्ट्रिय पूाजीमा परिणत गर्न २०८२ लाई पर्यटन बर्षको रुपमा मनाउान लागिएको मन्त्री मण्डलले बताउँनु भयो ।
कोशी प्रदेशमा पर्यटन पूर्वाधारको अबस्था, नितिगत ब्यबस्था र संरचनागत सुधारका लागि सुझाव संकलन भइरहेको सचिव विशाल घिमिरेको भनाई छ । कोशी पर्यटन बर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले तीनजुरे, मिल्के, जलजलेको प्रवेसद्वार तेह्रथुमको बसन्तपुर स्थित आरआर गार्डेनबाट गर्ने यहि चैत २७ गते गर्ने जनाइएकाे छ ।


