फलैंचा निर्माण गरेर मनाए महालक्ष्मीका कार्कीले आफ्नो जन्मदिन
धनकुटा । धनकुटाको महालक्ष्मीमा जन्म दिनको अवसर पारेर फलैंचा निर्माण गरिएको छ ।

महालक्ष्मी नगरपालिका वडा नम्बर ६ मुगाली गाँउको पिपल डाँडा(भाईरल डाँडा)मा स्थानिय सुरेश कार्कीले स्थानिय बासीहरुको सहयोगमा आन्तारिक पर्यटन प्रबर्दनका लागि फलौचा बनाएका हुन। आजभोलि स्थानियहरुको चहलपहल हुन थालेको छ । उनी पाख्रिबास साहित्य समाजका संस्थापक सदस्य पनि हुन् ।
यस ठाउंबाट सिंधुवा ,सल्ले,हात्तिखर्क,मुर्तिढुङ्गा,जितपुर,छुम्लिङ,बाँसपानी, जलजले , झाक्री पार्क, तल्लो सान्ने माथ्लो सान्ने,पाख्रिबास, डढुवा,दियाले, भोजपुरको सिक्रेटार समेत देखिने भएकोले आन्तारिक पर्यटन प्रबर्दनको लागि पनि फलैंचा निर्माण गरिएको हो। फलौंचा उद्घाटन स्थानिय जेष्ठ नागरिक उदय बहादुर कार्की,टेक बहादुर तामाङ्ग,बम बहादुर थापा,भुपाल चौहान लाई फ्रुटि खुवाएर गरिएको थियो।

फेरि गत चैत २१ गते जन्मदिनको अवसरमा कार्कीले केक,मासु,मादक पदार्थमा लाग्ने फगत खर्च नगरि चौतारो फडानी गरेर बाँसको फलौंचा बनाइएका हुन् ।
कार्की भन्छन् बाँसपानीको पहिचानको लागि बाँसको फलौचा बनाईएको हो। फलौंचा बनाईएको ठाँउमा लेगुवा,खनियाखर्क ,बाँसपानी, हात्तिखर्क सान्ने,जितपुर जाने मानिसहरुले आराम गरून् भनेर फलौंचा बनाईएको हो।
उक्त फलैंचा निर्माणका लागि स्थानियहरुले पनि सहयोग गरेको कार्की बताउंछन् । फलौचा निर्माण पछि स्थानिय जेष्ठ नागरिक प्रेम बहादुर कार्की,भक्त बहादुर घिसिङ्ग,बिष्णुमाया कार्की, भीम बहादुर सुवेदी र राम बहादुर कार्कीलाई फ्रुटी खुवाएर जन्मोत्सव पनि मनाइएको कार्की बताउंछन् ।









