धनकुटामा गोरु काटेको आरोपमा एक जना पक्राउ
धनकुटा । धनकुटामा गोरु काटेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका १ निगालेका ४३ बर्षिय राजेन्द्र तामांग रहेका छन् ।
तामांगले आफ्नै घरमा गोरु काटेर बेच्दै गरेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
तामांगलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखि थप अनुसन्धान भइरहेको जिप्रका धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।


