धनकुटाको पाख्रिबासमा आगलागी हुंदा करिब ११ करोड ६ लाख बराबरको क्षति

धनकुटा,चैत २४ । धनकुटामा आगलागी हुंदा करिब ११ करोड ६ लाख बराबरको क्षति भएको छ ।

चैत २३ गते बेलुका ७:३५ बजे जिल्लाको पाख्रिबास नगरपालिका ९ उत्तरपानीमा आगलागी हुंदा उक्त क्षति भएको हो ।

बिद्युत शर्ट भइ लागेको आगलागीबाट अमर श्रेष्ठको काठ र टिनको छानो भएको २ तले घरमा रहेको होलसेल पसल र पसलमा रहेको सम्पुर्ण सामानहरु पूर्ण रुपमा जलि नष्ट भएको साथै पसलमा रहेको नगद ५ लाख पनि जलेको छ ।

आगलागीबाट श्रेष्ठकै अर्को निर्माणाधिन २ तल्ले पक्की घरको झ्याल,ढोका र वाल समेतमा क्षति हुंदा अन्दाजी ११ करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक सुमन खड्काले जानकारी दिए ।

श्रेष्ठको घरमा लागेको आगो सल्किन सोही स्थानका खगेन्द्र घिसिङको २ तल्ले निर्माणधिन घरमा पनि आंशिक रुपमा क्षति हुंदा अनुमानित ६ लाख बराबरको क्षति पुगेको छ ।

आगलागीलाई धनकुटा नगरपालिकाको १ वटा दमकल,नेपाली सेना , सशस्त्र प्रहरी, नेपाल प्रहरी,स्थानियवासीको सहयोगमा रातको ११ बजे नियन्त्रणमा लिइएको र कुनै मानवीय,चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।