चौबिसेमा वडाका १९ जनाले पाए रोजगार
पबित्रा राना/चैत २३,(चौबिसे),धनकुटा । धनकुटाको चौबिसे गाउपालिका वडा नम्बर १ का १९ जना ले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रोजगार पाएका छ्न ।

रोजगार सगै वडाको गाउँ टोलका बिकास निर्माणको काम गर्ने उदेश्यले वडाबासीहरुलाई रोजगार दिईएको वडा अध्यक्ष देबेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले रोजगारमा छनौट भएका वडाबासीहरुलाई एक सय ४४ घन मिटर सोलिङ र एक हजार आठ सय ५० मिटर ड्रेन खन्ने कामअख रोजगार दिईएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
रोजगार पाउनेहरुले दैनिक छ सय ६१ रुपैया पाउनेगरी प्रति ब्यक्ति ५० दिनको रोजगार दिने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
अलिकति भए पनि आफ्नो जिबोको पार्जन लाई चलाउन सहज भएको रोजगार पाएका तिलक कुमार मगर ले बताउनु भयो ।
चौबिसे गाउपालिकामा यसरी नै प्रधानमन्त्री स्वरोजगार लयात अन्य योजनाहरु आएमा आगामी दिनहरुमा हिलो बाटोमा हिड्न पर्ने बाध्यताको अन्त्य हुने रोजगार पाएका अर्का किसोर मगर ले बताउनुभयो ।
यो बर्ष चौबिसे गाउपालिकामा जम्मा एक सय ४० जनाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रोजगार पाएको रोजगार संयोजक कृष्ण लिम्बूले जानकारी दिनुभयो ।


