नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको अध्यक्षमा राई
धनकुटा । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको १३औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिबेशनले भाषा माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको महिला उपाध्यक्षमा राधिका भण्डारी, खुल्ला उपाध्यक्षमा जिवनाथ घिमिरे, सचिवमा शान्तिला तामाङ, सहसचिवमा भुपाल कार्की, कोषाध्यक्षमा अनिल तिमिल्सिना र सहकोषाध्यक्षमा कल्पना राई चयन भएका छन् ।
समितिको सदस्यहरुमा कमला तामाङ, हेममाया मादेन, प्रेम कार्की, रोशन खड्का, रमेशबहादुर घिमिरे, मानबहादुर राई, किशोर भण्डारी, लालबहादुर राई, जिवन राई, हेमचन्द्र विश्वकर्मा, सुकदेव अधिकारी, ताराणीप्रसाद गुरागाँई, मोहन कुमार राई, खेमराज वस्ती, गोविन्द वस्ती र करुणा राई मादेन रहेका छन् ।


