मोरङको केराबारीबाट भरूवा बन्दुक सहित दुई जना पक्राउ, एक फरार

मोरङ, २५ चैत । भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

 

केराबारी गाउँपालिका–८ स्थित आमजुङ्गी सामुदायिक वन नजिकबाट भरूवा बन्दुक ३ थानसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय मणिराज याख्या र ३४ वर्षीय डिल्लीकुमार कार्की रहेको जनाइएको छ।  

 

उक्त स्थानमा ३ जना व्यक्तिहरूले भरूवा बन्दुक बोकी हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले मणिराज र डिल्ली कुमारलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । 

 

प्रहरीले हाल फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।