धनकुटा नगर क्षेत्रमा उठिवास हुन लागेका आठपहरियाहरूको ऋण धनकुटा नगरपालिकाले तिरिदिने

धनकुटा, २५ चैत । ऋण तिर्न नसकेर उठिवास हुन लागेका धनकुटा नगर क्षेत्रका अल्पसङ्ख्यक आठपहरियाहरूको ऋण धनकुटा नगरपालिकाले तिरिदिने भएको छ । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले समस्यामा परेका २९८ परिवारको ऋण नगरपालिकाले तिर्ने जानकारी दिएका छन् ।

धनकुटामा आयोजित एकल जातीहरूको सांस्कृतिक पहिचान सम्बन्धी कार्यक्रममा बोल्दै मेयर तामाङले चालु आर्थिक वर्षमा ४३ परिवारको ऋण नगरपालिकाले तिर्ने जानकारी दिए । बाँकीको ऋण आगामी आर्थिक वर्ष तिरिने मेयर तामाङको भनाई छ ।

धनकुटा नगर क्षेत्रलाई आठपहरिया जातीको उद्गम स्थल मानिन्छ । यहाँ ८ हजार भन्दा बढी आठपहरियाको बसोवास छ । घरपरिवार चलाउन ऋण लिएर तिर्न नसक्दा घरजग्गा गुमाएर सुकुम्बासी हुने अवस्थामा पुगेका उनीहरूको प्रति परिवार एक लाखसम्मको ऋण नगरपालिकाले तिर्न लागेको हो ।

सीमान्तकृत आठपहरिया समुदायको उत्थानका लागि विभिन्न गतिविधि गर्दै आएको नगरपालिकाले यसअघि उनीहरूको घरमा टिनको छानो लगाइदिएको छ । धनकुटाको बिहिबारे हटियामा आठपहरिया जातीको सङ्ग्राहालय पनि निर्माण गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।