धरानको जंगलमा फेला परेको वेवारिसे महिलाको शव पहिचान गर्न सहयोगको अपिल
सुनसरी । सुनसरीको धरानको जंगल क्षेत्रमा महिलाको शव फेला परेको छ ।
सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा महिलाको शव फेला परेको हो ।
गोठालो गएकाहरूले जंगलभित्रको लसुनेको रुख मुनी अडेसा लागेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको हत्या गरी शव जंगलमा छाडेको जस्तो देखिएको प्रहरीले बताएको छ । ३०– ३५ वर्षको जस्तो देखिने महिलाको घाँटीमा चोट छ ।
सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले शव भेटिएपछि अनुसन्धान सुरु गरेको बताए ।
शवको पहिचानको प्रयास भइरहेको बताउँदै उनले घटनास्थलबाट शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको बताए ।
कसैले चिन्नु भएको भए तलको नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनु हुन अनुरोध –
जि.प्र.का. सुनसरीः- ९८५२०९०१२७, ९८५२०४१०६४, १००
इ.प्र.का. धरानः- ०२५-५७४५५५, ९८५२०९०१२६



