यी हुन् धनकुटाको भेडेटारबाट गांजा सहित पक्राउ परेका दुई महिला

धनकुटा,२६ चैत । धनकुटाबाट लागुऔषध गांजा सहित दुई जना महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गांउंपालिका ७ का ४९ बर्षिया सीता कार्की र सोही स्थानका ४२ बर्षिया ईन्दिरा राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले आज बिहान १०:३० बजे सांगुरीगढी ६ भेडेटारमा अखुवादेखि धरान जाँदैगरेको प्र१-०२-००१ ख ८५२९ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्ने क्रममा बसमा सवार कार्कीको झोलामा १० किलो लागुऔषध गांजा फेला परेपछि निजलाई गाँजासहित नियन्त्रणमा लिइएको हो ।

त्यसैगरि सोही ठाउँमा चेकिङ्गकै क्रममा आज ११:२० बजे अखुवादेखि धरान जाँदै गरेको प्र१-०२-००२ ज ४३३८ नम्बरको यात्रुबाहक बोलेरो जीपमा सवार राईको झोलाबाट १० किलो लागुऔषध गाँजा फेला परेपछि गांजा सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।