झापामा एक पुरुषको शव फेला
झापा । झापामा एक पुरुषको शव फेला परेको छ ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित देउनिया बस्तीको एक मकैबारीमा अन्दाजी ४० देखि ४५ वर्ष उमेरको एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
मृतकको नाम र ठेगाना खुल्न सकेको छैन।
थप विवरण आउन बांकी छ ।


