झापा, मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध सहित ८ जना पक्राउ

बिराटनगर, चैत २७ गते । झापा, मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत २६ गते झापाको मेचिनगर नगरपालिका-६ स्थितमा झापाको इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत वेष्ट बंगाल दार्जिलिङका ४१ बर्षीय राजेन बर्मनको साथबाट १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो भने झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा-४ का २८ बर्षीय भुवन न्यौपानेलाई निजकै घरबाट ब्राउन सुगर १ ग्राम ९ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१५ बाट सुनसरी धरान-८ का १९ बर्षीय समन न्यौपाने र १९ बर्षीय अभिषेक याख्खालाई १ ग्राम १५ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले पक्राउ गरेको हो ।

त्यस्तै उदयपुरको बेलका नगरपालिका-९ बाट को. ३९ प ५६४९ नम्बरको स्कुटर चालक बेलका-३ का २६ बर्षीय मुस्कान राई र पछाडी सवार २१ बर्षीय खम्ब बहादुर दाहाललाई ब्राउन सुगर १ ग्राम ३३८ मिलिग्राम सहित इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी धनकुटाको साँगुरीगढी गाउँपालिका-६ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सहिदभुमी गाउँपालिका-७ की ४२ बर्षीया ईन्दिरा राई र ४९ बर्षीया सिता कार्कीलाई २० किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।