धनकुटामा सात दिने पत्रकारिता तालिम सम्पन्न
धनकुटा,२७ चैत । धनकुटामा चैत २० गते बाट सुरु भएको आधारभूत सात दिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको आयोजना र नेपाल पत्रकार महासंघ धनकुटाको समन्वयमा उद्यम प्रबर्धन विकासका लागि भएको सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको हो ।
सात दिन सम्म संचालित तालिमा समाचार लेखन, फेचर लेखन, भिडियो तथा फोटो पत्रकारी लगायत मल्टिमिडियाका बिषयमा तालिम प्रदान गरिएको समन्वय संस्था नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवासले जानकारी दिनु भयो ।
तालिममा सहभागिहरु लाई घरेलु तथा साना उद्योग कार्यलय धनकुटाका प्रमुख माधव बास्कोटो, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास , नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक सभापती संजयसन्तोषी राई, फोनिजकर्मि सन्तबिर लामा, प्रेसयूनियन धनकुटा अध्यक्ष विनोद घिमिरे, घरेलु तथा साना उद्योग कार्यलय धनकुटाका तालिम संयोजक विकास कार्कि लगायतले प्रमाण पत्रक वितरण गर्नु भएको नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरीबहादुर लम्जेलले जानकारी दिनु भयो ।
तालिममा ३० जनाको सहभागिता रहेको जनाइएको छ।


