धनकुटाको सहिदभूमिमा घरको पेटिबाट चिप्लिएर लड्दा घाइते महिलाको उपचारका क्रममा मृत्यु
धनकुटा,२७ चैत । धनकुटामा घरमै लडेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्लाको सहिदभूमि गाउंपालिका ७ पाखा टोल बस्ने भक्त बहादुर राईको श्रीमति अन्दाजी ५० बर्षिया कल्पना राईको मृत्यु भएको हो ।
गत चैत २२ गते घरको पेटिबाट चिप्लिएर लड्दा ५० मिटर तस खस्दा टाउको, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएकी राईलाई उपचारको लागि घोपा धरान पठाइएको थियो ।
घाइते राईको थप उपचारका लागि गत चैत २३ गते बिराट नरसिंह होम बिराटनगर रिफर भै आइसियुमा उपचार भइरहेकै अवस्थामा आज निधन भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।


