धरानको जंगलमा मृत भेटिएको वेवारिसे महिला धनकुटाकी, खुल्यो पहिचान
सुनसरी । सुनसरीको धरान स्थित जंगल क्षेत्रमा गत सोमवार वेवारिसे अवस्थामा फेला परेका महिलाको शवको पहिचान खुलेको छ ।
मृतक महिला धनकुटाको (साविक मारेक कटहरे गाविस वडा नं.४ ) महालक्ष्मी नगरपालिका १ खाप्राङ बस्ने अगम वाहादुर दाहालको छोरी बर्ष ३४ कि चुन कुमारी दाहाल भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
मृतक दाहाल हाल सुनसरीको इटहरी उपमहानगरपालिका १ हलगडा बस्दै आएकी थिइन् । मृतक महिलाको १४ बर्षिय छोरा रहेको साथै श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेको जनाइएको छ ।
मृतक महिलाको शव गत सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा फेला परेको थियो ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।


