धनकुटामा साँस्कृतिक सम्पदाको संरक्षण एवम् सम्वर्दनका लागि फोटो प्रदर्शनी सुरु
धनकुटा,२८ चैत । हनुमानढोका दरबार संग्रालयको आयोजना तथा कोशी प्रदेश संग्रालय धनकुटाको सहयोगमा धनकुटाको कोशी प्रदेश संग्रालयका आज बाट एक महिने फोटो प्रदर्शनी सुरु भएको छ ।
साँस्कृतिक सम्पदाको संरक्षण एवम् सम्वद्र्धनका लागि आज बाट बैशाख ३१ गते सम्मका लागि फोटो प्रदर्शनिको आयोजना गरिएको हो ।
प्रदर्शनिमा नेपालका साँस्कृतिक स्थल , विश्वसम्पदा स्थल, अन्य सम्पदा स्थल तथा धनकुटा सहित विभिन्न स्थानका पुराना, दुर्लभ र ऐतिहासिक फोटोहरु प्रदर्शनिमा राखिने आयोजकले जनाएको छ ।
फोटो प्रदर्शनिले संस्कृतिक सम्पदाको बारे जानकारी, पर्यटन प्रवद्धन, स्थानिय स्तर तथा राष्ट्रियस्तरमा रहेका संम्पदाहरुको प्रचार प्रसारमा सहयोग गर्ने साथै कोशी प्रदेश पर्यटन वर्षको सुरुआती चरणमा आयोजित यस प्रदर्शनीले प्रदेशकै पर्यटन क्षेत्रलाई सहयोग पुग्ने विश्वास गरिएको हनुमान ढोका दरबार संग्रहालयका प्रमुख काजीमान प्याकुरेलले बताए ।
फोटो प्रदर्शनि कार्यक्रमको उत्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामागले गर्नु भएको थियो ।



