कृत्रिम बौद्दिकता सम्बन्धि पत्रकार महिलाहरुको क्षमता अभिवृद्वी गर्ने लक्ष्यका तीन दिने तालिम शुरु
विराटनगर । कृत्रिम बाैद्दिकता (AI) सम्बन्धि पत्रकार महिलाहरुकाे क्षामता अभिवृद्वी गर्ने लक्षका आजबाट विराटनगरमा तीनदिने तालिम शूरु भएकाे छ ।
सञ्चारिका समूह कोशी प्रदेशकाे आयाेजनामा सञ्चालित तालिममा झापा, सुनसरी, मोरङ, धनकुटा, उदयपुर, पाँचथर,ईलाम जिल्लाका पत्रकार महिलाहरूको सहभागिता छ ।
पत्रकार महिलाहकाे क्षमता विकासका लागि याे तालिम आयाेजना गरिएको सञ्चारिका समूहकी कोशी प्रदेश अध्यक्ष ईन्दिरा भट्टराईले बताउनु भएकाे छ ।
तालिमको पहिलो दिन आज कृत्रिम बाैद्दिकता (AI), cht gpt, hey seri, काे उपयाेग कसरी गर्ने ? यसबाट के के काम गर्न सकिन्छ ? भन्ने लगायतको विषयमा प्रशिक्षण दिईएकाे छ । तालिममा सप्तकाेशी एफ एमका प्रधान संपादक लिलाराज भट्टराई प्रशिक्षण दिईरहनु भएकाे छ ।





